(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुमा कार्यरत एक कर्मचारी विरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
जग्गाको ट्रेस नक्शा बनाइ दिएबापत घूस लिएको अभियोगमा अमिन सुशील बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार सेवाग्राही ज्ञानबहादुर कार्कीसँग जग्गाको नक्शा बनाउने क्रममा चार हजार घूस मागेको आरोप लागेको छ ।
आयोगले आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गरेको छ । मालपोत कार्यालय हरिवन सर्लाहीका खरिदार देवीचरण न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मालपोत कार्यालय हरिवनमा सर्लाहीमा लेखनदासको काम गर्ने केशवबहादुर कार्कीले एक हजार घुस लिई खरिदार न्यौपानेलाई दिएको पुष्टि हुन गएको आयोगले जनाएको छ ।