निर्वाचनको परिणामलाई वस्तुगत र वैज्ञानिक ढंगबाट विश्लेषण गर्नुपर्ने नेपाली कांग्रेसको निचोड

5

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनको परिणामलाई वस्तुगत र वैज्ञानिक ढंगबाट विश्लेषण गर्नुपर्ने निचोड निकालेको छ । केन्द्रीय समिति बैठक जारी रहँदा प्रवक्ता देवराज चालिसेले मतदाताले दल र उम्मेदवार रोजेको भन्दा पनि अवस्था परिवर्तनका लागि रियाक्सन मतजस्तो देखिएको जिकिर गरे ।

मतदाताको मनोविज्ञानमा आएको परिवर्तलाई सिस्टमसँग जोडेर विश्लेषण गर्नुपर्ने चालिसेको भनाइ छ । ‘दलको चुनावभन्दा पनि, दल वा उम्मेदवारलाई रोजेको भन्दा पनि प्रतिक्रियामात्रै दिएको मत जस्तो देखियो । उम्मेदवार नदेखी, नचिनी मतहरू प्राप्त गरेका छन् नि त । उम्मेदवारी छैन तर पनि मत त प्राप्त छ ।

भोटिङ बिहेभियरको ट्रेन्डलाई हामीले अत्यन्तै वैज्ञानिक र वस्तुगत आधारमा विश्लेषण गरेनौँ भने हामी निचोडमा पुग्न सक्दैनौँ’, चालिसेले भने । विगतको लामो राजनीतिक पृष्ठभूमिमा नेपाली कांग्रेसको एकाधिकार रहेका क्षेत्रहरूमा दख्खल परेको कांग्रेसको बुझाइ छ । कहाँ(कहाँ कोर्स करेक्सन गर्नुपर्ने समस्या यकिन गरी सुधार गर्नुपर्ने पनि कांग्रेसको ठहर छ ।

समाचार वर्गहरू