निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचितको सूची सार्वजनिक (नामावलीसहित)

66

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसद निर्वाचित गरेको छ। आयोगले सोमबार समानुपातिकतर्फका ११० सांसद निर्वाचित गरेको हो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिक सिट पाएका छन्।

थ्रेसहोल्ड कटाएर समानुपातिकतर्फ सिट प्राप्त गर्ने दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी रहेका छन्।

प्राप्त मतका आधारमा रास्वपाले सबैभन्दा बढी ५७ सिट पाएको छ। त्यस्तै कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ तथा राप्रपा र श्रम संस्कृति पार्टीले ४–४ सिट पाएका छन्।

दलहरूले यसअघि निर्वाचन समानुपातिक बन्दसूचीबाट आइतबार बुझाएको सूचीमा कलस्टरसम्बन्धी समस्या नदेखिएपछि आयोगले नाम रूजु गरेर निर्वाचित गरेको हो।

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदको सूचीका निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनेछ। आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै निर्वाचन प्रक्रिया सम्पन्न भएको मानिनेछ।

समाचार वर्गहरू