निर्वाचन नेपाली कांग्रेस र आगामी कार्यदिशा

84

-एमपी यादव

नेपाली कांग्रेसको इतिहासमा हालै सम्पन्न निर्वाचन केवल एउटा चुनावी हार मात्र नभएर पार्टीको स्थापित पद्धति, संस्कार र समग्र प्रवृत्तिमा लागेको ठूलो धक्का हो।

२००७ सालदेखि आजसम्मका हरेक राजनीतिक क्रान्तिको नेतृत्व गरेको र २०४६ सालको ऐतिहासिक परिवर्तनपछि मुलुकको मूलधारको राजनीतिको मियो बनेको कांग्रेस आज इतिहासकै सबैभन्दा कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ।

यो पराजयलाई केवल प्रविधिक हारु मानेर नजरअन्दाज गर्ने छुट कसैलाई छैन। यो समय एक(अर्कालाई दोषारोपण गरेर उम्किने वा राजनीतिक बेइमानी गर्ने समय किमार्थ होइन। बरु, यो त ऐना अगाडि उभिएर आफ्नो अनुहारमा लागेका दागहरूलाई इमानदारीपूर्वक स्वीकार्ने र तिनलाई सफा गर्ने कठोर आत्मसमीक्षाको समय हो।

पार्टी जुन ढंगले चलिरहेको थियो र सरकारमा गएकाहरूले जे(जसरी काम गरिरहेका थिए, त्यसले ढिलो(चाँडो यो परिणति निम्त्याउने निश्चित नै थियो। सत्ताको वरिपरि घुम्ने, आम जनताका आधारभूत आवश्यकता भन्दा सत्ताको अंकगणितमा रमाउने र नीति भन्दा नेताको निकटतालाई प्राथमिकता दिने प्रवृत्तिको कारण यो अवस्था आएको हो।

जिम्मेवारीमा रहेका हामी सबैले आफ्नो कमजोरी स्वीकार्दै पार्टीलाई पुनर्जीवन दिने महासंकल्प गर्नुपर्ने ऐतिहासिक घडी आएको छ। निर्वाचनको परिणामले एउटा तीतो सत्य उजागर गरेको छ—हामी लामो समयदेखि सत्ताको नशा र संगठनको उपेक्षामा रुमल्लियौँ।

मन्त्रालयका कोठा र शक्तिको लुछाचुडीमा अल्झिँदा पार्टी कार्यालयको प्राण मानिने संगठन र कार्यकर्तासँगको संवाद टुट्यो। नेताहरूको ध्यान जनताका समस्या सुल्झाउने भन्दा आफ्ना निकटका आसेपासेु लाई लाभका पद र शक्ति केन्द्रमा पुर्‍याउनमा मात्र केन्द्रित रह्यो।

विशेष महाधिवेशनबाट हामीले नयाँ नेतृत्व चयन गर्दा आम कार्यकर्ता र नागरिकमा एउटा ठूलो आशा पलाएको थियो। तर, यो नयाँ कार्यसमितिका लागि समयको चाप एउटा ठूलो प्राविधिक चुनौती बनिदियो।

विशेष महाधिवेशन सकिएर नयाँ टोलीले संगठनको बागडोर सम्हाल्न नपाउँदै मुलुक निर्वाचनको राप र तापमा होमियो। नयाँ कार्यसमितिले आफ्ना कार्ययोजना, सोच र सांगठनिक सुधारका एजेन्डाहरू लिएर आम जनताको घरदैलोसम्म पुग्ने र उनीहरूसँग पर्याप्त छलफल गर्ने समय नै पाएन।

नयाँ नेतृत्वले सांगठनिक नवीनता र फरकपन दिन खोज्दाखोज्दै पनि मुखैमा रहेको निर्वाचन, टिकट वितरणको चटारो र गुटको व्यवस्थापनले उनीहरूलाई घेरिहाल्यो। जनताले नेतृत्व परिवर्तन भएको अनुभूत गर्न नपाउँदै निर्वाचन आउनु र नेतृत्वले पनि संगठनलाई भन्दा निर्वाचनको तत्कालीन दाउपेचलाई प्राथमिकता दिनुपर्ने बाध्यता आइलाग्नु यस हारको एउटा प्रमुख प्राविधिक कारण हो।

अझ डरलाग्दो पक्ष त गुटबन्दीको घातक संक्रमण बन्यो। हामीले गौरव गर्ने गरेका ८ लाखभन्दा बढी क्रियाशील सदस्यहरू वास्तवमा कांग्रेसको विचार फैलाउन होइन, बरु आ(आफ्ना गुटका नेताहरूलाई महाधिवेशनमा जिताउन भर्ती गरिएका भोट बैंकु मात्र थिए।

निर्वाचनको मैदानमा जाँदा ती सदस्यहरूको न त कुनै ठोस योगदान देखियो, न त उनीहरूले आम जनताको मन जित्न सक्ने सामर्थ्य नै राखे। पार्टीका मेरुदण्ड मानिने भातृ तथा सुभेच्छुक संस्थाहरूको अवस्था झनै दयनीय बनाइयो।

विधान सम्मत निर्वाचन गरेर नयाँ नेतृत्व जन्माउनुको सट्टा यी संस्थाहरूलाई लामो समयसम्म तदर्थ (Ad-hoc) समितिको भरमा चलाइयो। तदर्थवादले संगठनको गतिशीलतालाई शून्य बनाइदियो र निष्ठावान कार्यकर्ताको उत्साहलाई मार्ने काम गर्‍यो।

शक्तिको आडमा नेतृत्वका आसेपासे र भजन मण्डलीु ले मात्रै राज्य र पार्टीका हरेक सुविधाहरूमा कब्जा जमाए। पार्टीका लागि जीवन अर्पेका, गाउँ-गाउँमा कांग्रेस जोगाएका निष्ठावान र इमानदार कार्यकर्ताहरूलाई योजनाबद्ध ढंगले किनारा लगाइयो।

नेताका खल्तीका मान्छे लाई होइन, जनताका मान्छे र कांग्रेसको विचार प्रति प्रतिबद्ध रहेका निष्ठावान कार्यकर्तालाई मात्र क्रियाशील सदस्यता दिने प्रणाली बसाल्नुपर्छ। प्रत्येक क्रियाशील सदस्यले वर्षमा कम्तीमा एउटा सामाजिक काम करनाुपर्ने र पार्टीका गतिविधिमा सक्रिय हुनुपर्ने अनिवार्य नियम बनाइनुपर्छ।

जब संगठनमा पसिना बगाउनेले होइन, नेताको चाकडी गर्ने र दामु चढाउनेले मात्र विशेष सुविधाहरू वा प्रिभिलेजु पाउँछन्, तब संगठनको जग नै खुस्कन पुग्छ। निर्वाचनमा देखिएको अन्तर्घात र निष्क्रियता यही अन्यायको परिणाम हो।

अब हामीले कांग्रेसको वैचारिक धरातललाई स्पष्ट पार्न आवश्यक छ। बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादु केवल दराजमा सजाइने ऐतिहासिक दस्तावेज मात्र होइन, यो आजको सन्दर्भमा झनै सान्दर्भिक भएको छ।

तर, बीपीको समाजवादलाई २०-३० वर्ष पुरानै चस्माले हेरेर पुग्दैन। वर्तमान विश्व र नेपालको बदलिँदो सामाजिक(आर्थिक परिवेशमा यसलाई नयाँ ढंगले व्याख्या गरिनुपर्छ। आजको सन्दर्भमा बीपीको समाजवाद भनेको न्यूनतम आर्थिक सुरक्षा र अधिकतम व्यक्तिगत स्वतन्त्रताु को संयोजन हो।

बीपीले भन्नुभएको हलो जोत्ने किसानु को मर्मलाई आजको डिजिटल युगमा श्रमको सम्मान, सूचना प्रविधिमा सहज पहुँच र सामाजिक न्यायसँग जोड्नुपर्छ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा राज्यको पूर्ण उत्तरदायित्व हुनुपर्छ भने खुला बजारमा हरेक नागरिकको उद्यमशीलतालाई प्रोत्साहन गरिनुपर्छ।

सुशासन, भ्रष्टाचार मुक्त प्रशासन र पहुँचविहीन जनतालाई अवसरको सुनिश्चितता नै आजको आधुनिक कांग्रेसको वैचारिक मार्गचित्र हुनुपर्छ। हामीले जनतालाई यो बुझाउन सक्नुपर्छ कि कांग्रेस केवल इतिहासको संवाहक होइन, बरु भविष्यको निर्माता पनि हो।

यो वैचारिक स्पष्टता र नेतृत्वको क्षमता अभिवृद्धिका लागि अब कांग्रेसलाई एउटा व्यवस्थित राजनीतिक प्रशिक्षण प्रतिष्ठान (Leadership Training Institute) अनिवार्य भइसकेको छ। हामीसँग ठूलो संख्यामा कार्यकर्ता छन्, तर उनीहरूमा वैचारिक स्पष्टता र डेलिभरीको सीपको अभाव देखिन्छ।

वर्तमानमा नेतृत्वमा रहेका र भविष्यमा नेतृत्व लिने सोच बोकेका युवाहरूका लागि नीति निर्माण, चुनावी रणनीति, सार्वजनिक सेवा प्रवाह र वैचारिक निष्ठाका बारेमा निरन्तर प्रशिक्षण दिने थलो निर्माण गर्नुपर्छ।

अब केवल झण्डा बोक्नेु कार्यकर्ता मात्र होइन, एजेन्डा बोक्नेु र नीति बुझ्नेु नेतृत्व उत्पादन गर्नुपर्छ। वडा तहदेखि केन्द्रसम्मका नेताहरूलाई आधुनिक विश्व राजनीति, अर्थतन्त्र र समाजशास्त्रको न्यूनतम ज्ञानले सन्देश फरवार्ड गर्नुभयो दिने गरी यो प्रतिष्ठानलाई एउटा कारखानाको रूपमा विकास करनाुपर्छ। प्रशिक्षण बिनाको राजनीति केवल भीडतन्त्रमा परिणत हुन्छ, जसले अन्ततः पार्टीलाई दिशाहीन बनाउँछ।

१५ औँ महाधिवेशन र अबको कार्यदिशा:

जनताले यसपटक कांग्रेसलाई एक सशक्त र रचनात्मक प्रतिपक्षको रूपमा बस्ने स्पष्ट म्यान्डेट दिएका छन्। यो म्यान्डेटलाई शिरोपर गर्दै हामीले अबको ५ वर्ष सत्ताको फोहोरी खेलबाट पूर्णतः सन्यास लिनुपर्छ।

सरकार ढाल्ने र बनाउने घृणित खेलमा लाग्नु कांग्रेसका लागि आत्मघाती हुनेछ। अबको ५ वर्ष केवल संगठन निर्माण, कार्यकर्ताको आँसु पुछ्ने र जनताको सेवामा समर्पित हुने समय हो। विशेष महाधिवेशनबाट आएको यो कार्यसमितिका लागि अब वास्तविक काम गर्ने समय सुरु भएको छ।

हिजो निर्वाचनको दबाबले गर्दा जनतासँग पर्याप्त संवाद गर्न नपाएका नेतृत्वले अब गाउँ(गाउँ पुगेर प्रायश्चित र पुनर्जागरणको अभियान थाल्नुपर्छ। हाम्रो आगामी लक्ष्य १५ औँ महाधिवेशन हुनुपर्छ।

तर, १५ औँ महाधिवेशनमा होमिनु अगाडि क्रियाशील सदस्यताको वितरण प्रणालीमा आमूल परिवर्तन (Overhaul)  गर्नु अनिवार्य छ। गुट बलियो बनाउन भर्ती गरिएका ८ लाख सदस्यको पुनर्मूल्यांकन गरिनुपर्छ।

नेताका खल्तीका मान्छे लाई होइन, जनताका मान्छे र कांग्रेसको विचार प्रति प्रतिबद्ध रहेका निष्ठावान कार्यकर्तालाई मात्र क्रियाशील सदस्यता दिने प्रणाली बसाल्नुपर्छ। प्रत्येक क्रियाशील सदस्यले वर्षमा कम्तीमा एउटा सामाजिक काम करनाुपर्ने र पार्टीका गतिविधिमा सक्रिय हुनुपर्ने अनिवार्य नियम बनाइनुपर्छ।

कांग्रेस पुनरुत्थानको महासंकल्प :

हामीले …कांग्रेस बदल्यौं, अब देश बदल्छौ Ú भन्यौं, तर जनताले पूर्ण विश्वास गरेनन्। किनकि पात्र र समिति फेरिए पनि प्रवृत्ति र पद्धति बदल्ने पर्याप्त समय र अवसर जुरेको थिएन।

जनताले कांग्रेसभित्र अझै पनि त्यही पुरानै गुटबन्दी, त्यही आसेपासे संस्कृति र त्यही सत्तामोहको छाया देखिरहे। अब केवल शब्दले होइन, कर्मले आफूलाई प्रमाणित गर्ने बेला आएको छ। नेतृत्वले म र मेरो गुटू भन्दा माथि उठेर हामी र हाम्रो कांग्रेसू भन्ने भावनाका साथ निर्मम आत्मसमीक्षा गर्नैपर्छ।

यो निर्वाचन परिणाम कांग्रेस सुध्रिने अन्तिम र सुनौलो अवसर हो। यदि हामीले यो ५ वर्ष सत्ताको लोभ नगरी संगठनको शुद्धीकरण,आसेपासे संस्कृतिको अन्त्य र वैचारिक पुनर्जागरणमा इमानदारी देखायौं भने, आगामी १५ औँ महाधिवेशनले एउटा यस्तो नयाँ र शक्तिशाली कांग्रेस जन्माउनेछ, जसले १६ औँ निर्वाचनमा कांग्रेसलाई पुनस् मुलुकको निर्विकल्प र अग्रणी शक्तिको रूपमा स्थापित गर्नेछ।

अँध्यारो पछि उज्यालो आउँछ, तर त्यसका लागि हामी आफैँले दियो बाल्ने आँट गर्नुपर्छ। हारको निराशालाई शक्तिमा बदलौँ र कांग्रेस पुनरुत्थानको महाअभियानमा जुटौँ।

समाचार वर्गहरू