निष्ट कलेज एलपीएल सुरु, आज दुई खेल हुँदै

16

(धनगढी) – निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौंथो सस्ंकरण सुरु धनगढी सुरु भएको छ । प्रतियोगितामा आईतबार दुई खेल हुनेछन । पहिलो खेलमा निष्ट भक्तपुर र शारदा विद्या निकेत तथा दोस्रो खेलमा शारदा मावि र सत्यवती एकेडेमी प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता कार्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । यसअघि शनिबार भएको उद्घाटन खेलमा लिटल फ्लावर स्कुलले विजयी सुरुवात गरेको छ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विपिन रावल चम्किएपछि लिटल फ्लावरले फराकिलो अन्तरको जित हात पारेको हो । २४ बलमा अर्धशतकीय पारी खेलेका रावलले विष्फोटक व्याटिङ गरेपछि त्रिनगर माविलाई लिटल फ्लावरले ९ विकेटले हरायो ।

टस जितेर पहिले व्याटिङ गरेको त्रिनगरले दिएको एक सय रनको लक्ष्य लिटल फ्लावरले ६ दशमलव ४ ओभरमा एक विकेट गुमाएर भेट्टायो । लिटल फ्लावरको जितमा कप्तान विपिन रावलले २४ वलमा ५९ रन बनाए । उनले आक्रमक पारीमा ६ छक्का र ४ चौका प्रहार गरे ।

अर्का ओपनर सुवोध ऐरले १० रन बनाउँदा नरेन भट्टले ११ रन जोड्दै आप्नो टीमलाई जिताए । त्रिनगर माविका लागि सन्दीप विष्टले मात्रै एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको त्रिनगरले १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै ९९ रन जोडेको थियो । त्रिनगरका लागि सन्दीप विष्टले ३२ रन दिपक जोशीले १८ रन र जनक पाण्डेयले १६ रन बनाएका थिए । लिटल फ्लवारका लागि दिपक रोकायाले ४ महत्वपुर्ण विकेट लिएका थिए । महेश अधिकारी र अनिल थापाले २÷२ विकेट लिएका थिए । उद्घाटन खेलमा ४ विकेट लिएका लिटल फ्लावरका दिपक रोकाया म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय पाए ।

देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिग कम नकआउट फर्म्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ ।

विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए ।

समाचार वर्गहरू