नेपाललाई ग्रे लिस्टबाट निकाल्न निरन्तर लागिपरेका छौं : अख्तियार प्रमुख आयुक्त राई

2

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संगठनको ग्रे लिस्टबाट बाहिर निकाल्न आवश्यक कदम चालिरहेको जनाएको छ। बुधबार आयोगको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न राष्ट्रिय रणनीति तयार पारिएको बताएका हुन्।

आयुक्त राईका अनुसार, देशलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन तीनै तहका सरकार सक्रिय हुन आवश्यक छ। उनले भने, ग्रे लिस्टबाट बाहिरिन सुधारात्मक गतिविधिहरू २०८२ को सुधार योजना र २०८५/८६ को राष्ट्रिय रणनिति कार्ययोजनाअनुसार अघि बढाइरहेका छौं। आयोगले तयार पारेका कार्य योजनाहरू अहिले कार्यान्वयनमा छन् र यसले देशलाई छिट्टै ग्रे लिस्टबाट बाहिर निकाल्ने अपेक्षा गरिएको छ।

राईले आयोगले सञ्चालन गर्ने सम्पूर्ण कार्यहरू प्रभावकारी ढंगले अघि बढाइरहेको पनि बताए। आयोगका प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्न राज्यका कार्यकारी संयन्त्र नै बढी जिम्मेवार रहेको उल्लेख गरे।

उनले सरुवा, बढुवा, मन्त्री नियुक्ति लगायतमा विचौलियाको दबदबा बढिरहेको भनेर असन्तुष्टि बढिरहेको जानकारी गराए। तथ्य र प्रमाणका आधारमा जुनसुकै राजनीतिक र प्रशासनिक तहका मानिसलाई अभियोजनको दायरामा अख्तियारले ल्याएको उनको दाबी अनुसन्धानमा सम्बन्धित निकायबाट अपेक्षित सहयोग नभएको भन्दै उनले असन्तुष्टि जनाए । राईले तथ्य र प्रमाणका आधारमा राजनीतिक र प्रशासनिक तहका मानिसलाई अभियोजनको दायरामा ल्याइएको जानकारी गराए।

समाचार वर्गहरू