नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फिर्ता

18

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रबार साँझ स्वदेश फर्किएका छन् । किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीले स्वागत गरेका थिए । किर्गीस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा बिहीबार सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सीमित बनेको थियो ।

सावित्रा भण्डारीले २ गोल फर्काए पनि नेपालले इतिहासकै पहिलो उपाधि चुम्नबाट चुकेको थियो ।
यस अघि नेपालले साफ च्याम्पियनसिप ४ पटक, साग २ पटक र हिरो महिला गोल्डकपमा एक पटक फाइनल पुगेर पनि उपाधि जित्नबाट वञ्चित भएका थिए ।

समाचार वर्गहरू