नेपाल बंगलादेशसँग ८ विकेटले पराजित

16

(काठमाडौँ) – एसीसी इमर्जिङ टिम्स कपमा नेपालले घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । नेपालको यो दोस्रो हार हो । हारसँगै नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ ।

ढाकाको क्रिरा शिख प्रोस्टिस्थान नम्बर ४ मैदानमा सोमबार भएको खेलमा बंगलादेशसँग ८ विकेटको हारपछि नेपाल समूह चरणबाट बाहिरिएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको । तस्बिर स् रमन सिवाकोटी

बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै १४० रन बनायो । बंगलदेशका नजमुल हसनले ५६ बलमा ५९ रन बनाए भने ओपनर मोहम्मद नाइमले ४५ रन जोडे । नेपालका सुशन भारी र करण केसीले १र१ विकेट लिए । नेपालको इनिङमा ओपनरद्वय कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल २२ रनमा आउट भए । भुर्तेलले १० रन बनाए ।

नेपालका ५ ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपालले ३८ रन हिर्काए । नेपालले यसअघि हङकङलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । ह

ङकङलाई हराएसँगै भारत भने समूह ’बी’ बाट समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । भारतले ३ खेलमा ४ अंक जोड्यो । यस समूहमा ३ खेलमा ६ अंक जोडेर बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । नेपालसँगै हङकङ पनि प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा नेपालले एक जित निकाल्यो ।

३ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो । समूह चरणको सबै खेल गुमाएको हङकङ भने अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको हो ।

समाचार वर्गहरू