नेपाल–भारत सीमा जिल्ला समन्वय बैठक

9

सुदूरपश्चिम । कैलालीको गोदावरीमा आज नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठक बसेको छ । बैठकमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनसमेतलाई मध्यनजर गरी खुला सीमाका कारण हुनसक्ने सीमा अपराध रोकथामका साथै शान्तिसुरक्षा र स्थानीयस्तरका द्विपक्षीय समस्याका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमाका सबै किसिमका समस्याकाबारेमा छलफल भएको बताएका छन् ।

उनले दुई देशको खुल सिमानाका कारण हुनसक्ने सीमा अपराध र शान्ति सुरक्षाको चुनौती र स्थानीयस्तरमा समस्याको छलफल र समाधानउन्मुख निष्कर्षका लागि नेपाल–भारत सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखको उपस्थितिमा समन्वयात्मक बैठक हुँदै आएको बताएका छन । बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी रेग्मी र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको नेतृत्वमा दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो । भारतकोतर्फबाट उत्तरप्रदेश, लखिमपुर (खिरीं) का जिल्ला अधिकारी दुर्गाशक्ति नागपालसहितका सुरक्षा अधिकारी उपस्थित रहेको बताइएको छ ।

समाचार वर्गहरू