नेपाल र युएईबीच हवाई सम्झौता

23

काठमाडौं – नेपाल र सयुक्त अरब इमिरेट्स (युएई) बीच हवाई सम्झौता भएको छ । क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको ४० औं महासभाको सम्मेलनका क्रममा दुई देशबीच हवाई सम्झौता भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई र यूएईएका तर्फबाट त्यहाँका अर्थमन्त्री सुल्तान विन सइदले हस्ताक्षर गरे ।

यसअघि युएईसँग सैद्धान्तिक सम्झौतामात्र भएको थियो । सन् १९९९ मा पहिलोपटक सम्झौता भएको युएईसँग पछिल्लोपटक सन् २०१५ मा पुनरावलोकन भएको थियो । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।

समाचार वर्गहरू