नेपा प्रहरीका १९ जना सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाइने

20
प्रहरी प्रधान कार्यालय

काठमाडौं – नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले प्रहरी नायब निरीक्षक (सई) सम्मका विभिन्न १९ प्रहरीलाई ७ दिने सूचना प्रकाशित गरेको छ ।

हेडक्वार्टरले लामोसमयदेखि बिना जानकारी संगठनको सम्पर्कमा नरहेको भन्दै १९ जना प्रहरीलाई ७ दिनभित्र कार्यालय सफाईको मौका अवसर दिएको छ ।

कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाएको छ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू