नोवेल र शारदा विद्या निकेतन सेमिफाईनलमा

14

(धनगढी) – नोवेल एकेडेमी कञ्चनपुर र शारदा विद्या निकेतन धनगढी जारीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको सेमिफाईनलमा पुगेका छन् । शनिबार भएको पहिलो क्वाटरफाईनलमा एबीसी स्कूल नेपालगञ्जलाई १ सय ७ रनले हराउँदै नोवेल अन्तिम चारमा पुगेको हो ।

टस जितेर पहिले व्याटिग गर्दै नोवेलले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५८ रन बनायो । सो पारीमा किरन ठगुन्नाले ५० रन र गणेश विटालुले ३९ रन बनाए ।

एवीसीका लागि अर्जुन सिंह र टंक खड्काले दुई दुई विकेट लिए । एक सय ५९ रनको लक्ष्य पछ्याएको एबीसी १६ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो ।

सो पारीमा वुद्ध अधिकारीले १५ रन र विराट भण्डारीले १० रन बनाउनु वाहेक अरुले दोहोरो रन अंक छुन सकेनन् । नोवेलका लागि विकास सुनारले ५ विकेट र आदित्य सिंहले २ विकेट लिए । अर्धशतकीय पारी खेलेका नोवेलका किरण ठगुन्ना म्यान अफ दी म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको शनिबारको दोस्रो खेलमा शारदा विद्या निकेतनले

लिटिल बुद्ध एकेडेमीलाई ८२ रनले हरायो । पहिले व्याटिग गर्दै शारदाले २० ओभरमा ७ विकेट क्षतिमा एक सय ७२ रन बनायो । सो पारीमा अर्जुन सावदले ४२ रन विरेन्द्र नाथले ४० रन बनाए । लिटिल बुद्धका लागि निराजन गौतमले ३ विकेट लिए । एक सय ७३ रनको लक्ष्य पछ्याएको लिटिल बुद्ध १९ दशमलव ४ ओभरमा सवै विकेट क्षतिमा ९० रन बनायो ।

सो पारीमा रमेश भट्टले सर्वाधिक १८ रन बनाए । शारदाका लागि अरुण धामीले ५ विकेट लिए भने विरेन्द्र नाथले ३ विकेट लिए । ४० रन बनाएर ३ विकेट लिएका शारदाका विरेन्द्र नाथ म्यान अफ दी म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

समाचार वर्गहरू