पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण

56

काठमाडौं –  पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।

देशभर थपिएका ३ हजार १ सय १४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय ६८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार २ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६३ जना संक्रमित भेटिएका हुन्। योसँगै काठमाडौंमा ६५ हजार ७ सय ८८, भक्तपुरमा ५ हजार ९ सय ६६ र ललितपुरमा ९ हजार ३ सय १४ जना संक्रमित पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४१ हजार १ सय ३४ पुगेको छ।

आज देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १००४ पुगेको छ।

आज देशभर ३७ हजार ४ सय ३७ जना सक्रि संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

समाचार वर्गहरू