पद तथा गोपनीयताको शपथ लिँदै प्रधानमन्त्री ओली

76
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई आज बिहान ११ बजे शपथ ग्रहण गराउने कार्यतालिका रहेको छ।

प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि एमाले र कांग्रेसको समर्थनमा ओली पुन: सरकारको नेतृत्व गर्न पुगेका हुन्। ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा बनेका हुन्। 

एमाले अध्यक्ष ओली यसअघि नेपालको नयाँ संविधान जारी भएपछि २०७२ असोज २५ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यस्तै, ओली दोस्रो पटक २०७४ फागुन ३ गते, तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्री पदमा नियुक्ति भएका थिए। तेस्रो पटक ठूलो दलको हैसियतले प्रधानमन्त्री बनेका हुन्।

सपथ ग्रहण समारोहमा उपस्थितिको लागि संघीय सांसदलाई बिहान १०:३० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न सांसदलाई पत्राचार भएको छ। ओलीले सपथ ग्रहण गरेसँगै आजै मन्त्रिमण्डल विस्तार गर्नेछन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू