पाटन संग्रहालयको प्रदर्शनी कक्ष शुक्रबारबाट खुल्ने

54

ललितपुर – २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बन्द रहेको ललितपुरको पाटन संग्रहालयको प्रदर्शनी कक्ष साढे ५ वर्षपछि शुक्रबारबाट सर्वसाधारणका लागि खुल्ने भएको छ ।

२०७२ बैशाख १२ गते गएको भूकम्पको दुई महिनापछि संग्रहालय खुलेपनि गोल्डेन ढोकाको माथिल्लो तलामा रहेको दरवारको यो कक्ष भने बन्द थियो ।

पाटन दरवार क्षेत्र केशव नारायण चोकको पश्चिम मोहडामा रहेको कक्षमा संग्रहालयको संकलनमा रहेका एक सय वर्ष पुराना ३० वटा तस्बिरहरु प्रर्दशनीमा राख्ने तयारी पूरा भएको संग्रहालयले जनाएको छ ।

पुरात्तात्विक महत्वको तस्बिर आगामी माघ १८ सम्म प्रर्दशनीमा राखिनेछ । प्रर्दशनीमा भीमफेदीबाट उपत्यकामा गाडी बोकेर ल्याइरहेको, पाटन दरवार, हनुमान ढोका दरवार, कालभैरव, धरहरा, बाघदरवार, बौद्ध स्तूपा र वल्डफिल्डले सन् १८५३ मा बनाएको पाटन दरवार क्षेत्र भण्डारखाल बगैँचाको स्केच लगायत छन् ।

यस्तै, १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लका पालामा बनेको सुन्दरी चोक, हात्तीको दन्तबाट बनेको ऐतिहासिक झ्याल, माटोको भित्तामा बनाइएको पाटन शहरको चित्र, काठका ५ सय वटा शिव लिंग, ढुंगाका ७२ वटा छुट्टाछुट्टै शिवको मूर्ति, काठमाडौंदेखि गोसाइँकुण्ड रुटको पौवाचित्र लगायत प्रर्दशनीमा राखिने संग्रहालयले जनाएको छ ।

समाचार वर्गहरू