पुनः कांग्रेस कव्जा गर्न गगनको राजीनामा ?

167

–भवनाथ आचार्य

गत भदौ २३/२४ गतेको असंगठीत विद्रोहको बलमा बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गत फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न ग¥यो । सो निर्वाचनसंगै देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनपेक्षित परिणाम प्राप्त गरेसंगै बदलिएको काँग्रेसलाई समेत झस्कायो । हराई सकेको कांग्रेसलाई आन्तरिक विद्रोह गरेर तत्कालिन महामन्त्री गगनकुमार थापाले १४ औं महाधिबेशनका प्रतिनिधिकै बलमा विशेष महाधिबेशन मार्फत पुराना पुस्ताबाट दोस्रो पुस्तामा ल्याउन सफल भए ।

थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत पार्टीको परिवर्तन चाहने सवैको साथ र सहयोग रहेको थियो । सोही महाधिबेशनको म्यान्डेट लिएर सभापति थापालाई भावि प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरेर चुनावमा होमिएको कांग्रेसले सोचे अनुसार सफलता नपाएपनि पार्टीलाई जिताउन लाग्दा सभापति थापा आफै पराजित हुन पुगे । पार्टीलाई आम मतदातामाझ ‘बदलिएको कांग्रेस’ का रुपमा स्थापित गराउन सफल उनै सभापति थापाको कांग्रेस नेतृत्व दबाब, तनाव र छटपटीमा परेको छ ।

यो निर्वाचनमा पार्टीकै परिवारकाका सदस्यले समेत पुरानो चिह्नलाई रोजेनन्, त्यो कांग्रेसमा मात्र नभई सवै पुराना दलमा देखियो । जसको कारण मतदाताले रास्वपाको घण्टी चिह्नमा भोट दिएर दल र नेतालाई बदलिन सन्देश दिए । अर्कोकुरा, कांग्रेसले चुनावमा पराजय भोग्नु परेको मुख्य कारण भनेकै ‘अन्तरघात’ नै हो । जहाँ पार्टीका जिम्मेवार प्रतिनिधिले समेत ‘रुख’ चिन्हमा भोट नहालेको भोटको संख्याबाट प्रष्ट देखिन्छ । र, आज अन्र्तरघात गर्ने र आफ्नो नैतिकतालाई ढाकछोप गरि पहिलो पुस्ताबाट दोस्रो पुस्तामा दलको नेतृत्व ल्याउने गगनकुमार थापालाई पार्टी सभापतिबाट राजिनामा दिनु पर्ने अस्त्रकै रुपमा चौतर्फी आक्रमण गरिएको छ ।

सत्तामोह र शक्तीको दुरुपयोग गरेर अकुत सम्पत्ती आर्जन गर्न बानी परेका समुहको पोल्टाबाट खोसेर जवरजस्त युवा पुस्तामा पु¥याइएको कांग्रेस नेतृत्वलाई पुनः कव्जा गर्न देउवा समुह निर्वाचन आयोगदेखि अदालतसम्म अनेक हर्कत गर्न तल्लिन रहेका छन । विगतमा धेरै युद्धहरू जितेको कांग्रेसले आज आफ्नै ‘अहंकार र अन्तरकलह’ सँग भने हार्दै आएको छ । यो हारबाट शिक्षा लिदै कांग्रेसले समयानुकुल ‘सांगठनिक पुर्नसंरचना’ नगर्ने हो भने, कांग्रेसको अस्तित्व इतिहासको पानामामात्र सिमित रहने छ, भने जनताको मनबाट सदाको लागी मेटिने अबस्था सहजै अनुमान गर्न सकिन्छ ।

निर्वाचनको औपचारिक नतिजा आउन नपाउँदै कांग्रेसभित्र सुरु भएको ‘राजिनामाको राजनीति’ ले पार्टीमा समधानको साटो एउटा गम्भीर समस्या सृजनना गर्न खोजीएको सहजै बुझ्न सकिन्छ । फागुन २१ को पराजयपछि शेरबहादुर देउवा समूहले सभापति थापाको राजिनामा माग्न देखाएको हतारो केवल नैतिक प्रश्न मात्र नभई यो एउटा सुनियोजित ‘राजनीतिक प्रतिशोध’ र ‘पुनरागमनको रणनीति’ पुरा गर्ने उदेश्य हो । जसको पुष्टी राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले दिएको अभिव्यक्तीबाट छर्लङ्ग भएको छ ।

पुर्वसभापति देउवाका अनुयायीहरुले गगनको राजिनामा माग्नुको मुख्य उद्देश्य नै आफ्नो पक्षबाट भएको अन्तर्घातको मुद्दालाई ढाकछोप गरेर पुनः पार्टी कव्जामा लिने रणनीति देखिन्छ । तत्कालिन संस्थापन पक्षको इच्छाविपरीत ‘विशेष महाधिवेशन’ बाट सभापति निर्वाचित भएका थापामाथी नै निर्वाचन पराजयको दोष थोपरेर राजिनामा माग्नु भनेको विशेष महाधिवेशनले दिएको परिवर्तनलाई अस्वीकार गरेको बुभ्mन सकिन्छ ।

पार्टीको विधि विधानभन्दा बाहिर बसेर फरक दलका नेता तथा कार्यकर्ताहरुको साँठगाँठमा आफ्नै दलका उम्मेदवारहरुलाई हराउन भुमीका खेल्ने अनैतिक कथित नेतृत्वले एउटा निडर र साहसिक नेतृत्व दिई रहेका सभापति थापाको नैतिकतामा प्रश्न उठाउनु आफैमा हास्यस्पद कुरा हो । पार्टीलाई लामो समयदेखि आप्mनो नीजि सम्पत्तीको रुपमा कव्जा गर्दै आई रहेको समुह न समयानुकुल सक्षम नेतृत्व दिन सफल भयो, न नयाँ नेतृत्वलाई स्वीकार्न नै तयार छ ।

सत्तामोह र शक्तीको दुरुपयोग गरेर अकुत सम्पत्ती आर्जन गर्न बानी परेका समुहको पोल्टाबाट खोसेर जवरजस्त युवा पुस्तामा पु¥याइएको कांग्रेस नेतृत्वलाई पुनः कव्जा गर्न देउवा समुह निर्वाचन आयोगदेखि अदालतसम्म अनेक हर्कत गर्न तल्लिन रहेका छन । विगतमा धेरै युद्धहरू जितेको कांग्रेसले आज आफ्नै ‘अहंकार र अन्तरकलह’ सँग भने हार्दै आएको छ । यो हारबाट शिक्षा लिदै कांग्रेसले समयानुकुल ‘सांगठनिक पुर्नसंरचना’ नगर्ने हो भने, कांग्रेसको अस्तित्व इतिहासको पानामामात्र सिमित रहने छ, भने जनताको मनबाट सदाको लागी मेटिने अबस्था सहजै अनुमान गर्न सकिन्छ ।

कांग्रेसलाई नयाँ र आम कार्यकर्ता हुँदै समयसापेक्ष नयाँ शिराबाट अघि बढ्नु पर्ने अबस्थामा निर्वाचनको नतिजालाई हेरेर मात्रै पार्टी सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनु पर्ने माग नै सुनियोजित देखिन्छ । सभापति थापाले राजीनामा दिने मनस्थिति बनाएको भन्ने खबरले जिम्मेवारीबोध त अवश्य देखाउँछ । तर, यसले आम कांग्रेसका वफादार कार्यकर्ता र समर्थकहरूलाई निकै दुःखी बनाएको छ ।

अहिले अनपेक्षित निर्वाचन परिणामलाई लिएर पदबाट राजीनामा माग्नु र यस्ता कठिन घडीमा नेतृत्वको धैर्य, साहस र दृढता कमजोर बनाउनु उचित होईन । त्यसैले गगन–विश्वलाई जिम्मेवारबाट पन्छिने छुट छैन । अबको बाटो भनेको संसदमा सशक्त र स्पष्ट रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई संसदीय दलको नेता बनाएर अघि बढ्नु पहिलो काम हो, भने दोस्रो समग्र पार्टीको शुद्धीकरण गर्दै नियमित महाधिवेशनतर्फ अघि बढ्नु आवश्यक देखिन्छ ।

महाधिवेशनमा जाँदा पार्टीभित्रका सबै पक्षहरूको सूक्ष्म विश्लेषण अत्यन्त आवश्यक छ । गगन–विश्वको नेतृत्वले पार्टी शुद्धीकरणको बाटोमा लागी महाधिबेशन सम्पन्न गरेर ‘बदलिएको कांग्रेसमा बदलिएका नेता’ भन्ने सन्देश प्रभाव गर्न सफल हुनु पर्छ । जसलाई पुरा गर्न क्रियाशील कार्यकर्ता छनोटदेखि पार्टी शुद्धीकरण कार्य तत्कालै सुरु गर्नु आजको आवश्यकता रहेको छ । संगठनलाई बलियो बनाउँदै, सच्चा कार्यकर्ताको सम्मान गर्दै र कमजोर पक्षहरूलाई सुधार गर्दै अघि बढ्नु नै पार्टीको सही दिशा हुनेछ । समय चुनौतीपूर्ण छ, तर यही चुनौतीलाई अवसरमा बदल्ने क्षमता थापा–शर्मा नेतृत्वमा हुनुपर्छ ।

समाचार वर्गहरू