पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको टिचिङ अस्पतालमा शल्यक्रिया सम्पन्न

6

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सम्पन्न भएको छ। दुई हप्ताभन्दा बढी समयदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका ओलीको यसअघि परीक्षणमा पेटमा पित्तथैलीको पत्थरी देखिएको थियो। त्यही पत्थरी चिकित्सकहरूले आज शल्यक्रिया गरेर निकालिदिएका हुन्। ओलीको उक्त शल्यक्रिया उनको निजी चिकित्सक प्राडा दिव्या सिंह शाहको नेतृत्वमा अस्पतालकै सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट (जीआई) सर्जन प्रा.डा. पलेस्वाँ जोशी लाखेको टिमले गरेको अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराले बताए।

उनका अनुसार भर्खरै ओलीको शल्यक्रिया सकिएको छ। उनले भने, ‘उहाँको शल्यक्रिया भर्खरै सकिएको छ र शल्यक्रिया राम्रो पनि भएको चिकित्सकहरूले बताउनु भएको छ’ रोस्याराले भने। उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको आजलाई तोकेका थिए। सोही अनुसार आज बिहान पहिलो नम्बरमा नै चिकित्सकहरूले ओलीलाई शल्यक्रियाको लागि ‘अपरेसन थिएटर’मा लगेका थिए। ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको चिकित्सकहरुले यसअघि बताएका थिए।

पटकसम्म मिर्गौला प्रत्यारोपण गराएका ओलीको मुटुको चालमा गडबडी लगायत स्वास्थ्य समस्या देखिँदै गएपछि हाल जनरल सर्जरी, प्रयोगशाला विभागबाट विशेषज्ञ रहेको एउटा मेडिकल टोली गठन गरेर उपचार भइरहेको थियो। अस्पताल पुगेको शुरुको दिनमा ओलीको मुटुको चाल गडबड देखिएपछि चिकित्सकले ४८ घण्टासम्म हल्टर मोनिटर राखेर निगरानी गरेका थिए। अहिले भने ओलीको मुटुको चाल पनि नर्मल रहेको अस्पताल पुगेको शुरुको दिनमा ओलीको मुटुको चाल गडबड देखिएपछि चिकित्सकले ४८ घण्टासम्म हल्टर मोनिटर राखेर निगरानी गरेका थिए।

अहिले भने ओलीको मुटुको चाल पनि नर्मल भएपछि आज चिकित्सकहरूले उनको अर्को शल्यक्रिया गरेका हुन्। दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई युरिन इन्फेक्सन हुनु निकै संवेदनशील रूपमा लिने हुँदा  चिकित्सकहरूले उनको शल्यक्रियाको लागि केही दिन पछि धकेलेका थिए। २०७६ साल कात्तिकमा पनि ओलीलाई एपेन्डिसाइटिस फुटेर पेटमा संक्रमण भएपछि चिकित्सकहरूले जोखिम मोलेर शल्यक्रिया गरेका थिए।

त्यो वेला उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ओली एकदमै जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिएका भए पनि चिकित्सकहरूको अथक प्रयासले पूर्णस्वास्थ्यलाभ गरेका थिए। ०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा नै ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भए पनि बढ्दो उमेर र प्रत्यारोपण गरेका विरामीहरुमा छिट्टै संक्रमणको जोखिम हुने भन्दै सोही समय उच्च सतर्कता अपनाउन उनलाई चिकित्सकहरूले सुझाएका थिए।

दुई हप्ता अघि ओलीलाई प्रहरीले गत भदौ २३ गतेको जेनजी आन्दोलनमा दोषी ठहर गर्दै ओलीलाई गत शनिबार उनकै निजी निवास भक्तपुरको गुण्डुबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएलगत्तै हिरासतमा राख्नुअघि स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। तर त्यस वेला मुटुको चालमा गडबडी लगायतका समस्या देखा परेपछि चिकित्सकले भर्ना गर्नुपर्ने बताएका थिए। त्यसलगत्तै उनलाई अस्पतालको एनेक्स २ को ५०१ क्याबिनमा भर्ना गरी उपचार भइरहेको हो।

ओलीलाई  बिहीबार प्रहरीले रिहा गरेको थियो। तर ओलीले यस बिचमा आफू सबै उपचार गरेर घर फर्किने इच्छासहित उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको थियो। ओलीमा मिर्गौलासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचाप, थाइराइड ग्रन्थीको समस्याको नियमित औषधी सेवन गर्छन्। २०७६ साल कात्तिकमा पनि ओलीलाई एपेन्डिसाइटिस फुटेर पेटमा संक्रमण भएपछि चिकित्सकहरूले जोखिम मोलेर शल्यक्रिया गरेका थिए।

त्यस वेला उपचारमा संलग्न चिकित्सकहरूका अनुसार ओली एकदमै जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिएका भए पनि चिकित्सकहरुको अथक प्रयासले पूर्णस्वास्थ्यलाभ गरेका थिए। ०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा नै ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भए पनि बढ्दो उमेर र प्रत्यारोपण गरेका बिरामीमा छिट्टै संक्रमणको जोखिम हुने भन्दै सोही समय उच्च सतर्कता अपनाउन उनलाई चिकित्सकहरूले सुझाएका थिए।

समाचार वर्गहरू