पूर्वगृहमन्त्री रमेश लेखक रिहा

4

काठमाडौं । प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि रिहा गरेको छ । हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी पवन भट्टराईले बताएका छन् । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री  लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् ।

पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले  बताए । लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए ।

चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् । मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।

समाचार वर्गहरू