पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता खनाल अस्पतालमा भर्ना

62
फाइल फोटो

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएका छन् । अस्पतालले विज्ञप्ति जारी गर्दै आज बिहान पौने ८ बजे नेता नेपाल अस्पतालमा भर्ना भएको जनाएको हो ।

खनाललाई ९ दिनदेखि आइरहेको ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछी अहिले अक्सिजनको सहायतामा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

अहिले आकस्मिक कक्षबाट वार्डमा सारिए पनी नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएपछी अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।

समाचार वर्गहरू