पेरुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

40

लिमा – दक्षिण अमेरिकी देश पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा भएको सो दुर्घटनामा अन्य ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा दुर्घटना भएको क्षेत्रीय स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डेम्बर मोनोज लोजाडाले जानकारी दिनुभयो ।

स्थानीय समयानुसार राती १२ः४१ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । लिमादेखि अरक्वीपातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य सवारी साधन पनि परेका छन् ।

रासस

समाचार वर्गहरू