नवलपरासी – पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेका बेला मोटरसाइकलले ठक्करदिंदा एक प्रहरी निरिक्षकको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको उपचारका क्रममा सोमबार राती मृत्यु भएको हो।
गएराति पैदलयात्राको क्रममा वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। घाइते वाग्लेको उपचारका क्रममा रातको ११ बजे भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ।
वाग्लेलाई ठक्कर दिने मोटरसाइकलका चालक सुनवल नगरपालिका वडा नम्बर १ का दिपेन्द्र पुन पनि गम्भीर घाइते भएका छन्। उनको युनिभर्सल मेडिकल कलेजमै उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।