प्युठान नगरपालिका २ मा नेकपाका पाेखरेल विजयी

17

(प्यूठान) – प्युठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्ष पदका लागि भएकाे निर्वाचनमा सत्तारूढ नेकपाका मुुुुुक्ति प्रसाद पोखरेल विजयी भएका छन् ।

शनिबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै पाेखरेल वडा अध्यक्ष पदमा वियजी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिंह विष्टलाई २ सय ८४ मतान्तरले पछि पार्दै पोखरेल विजय भएका हुन् ।

पोखरेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । २५ मत बदर भएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । साे वडामा ३ हजार २१ जना मतदाता मध्ये १ हजार ९ सय ९५ जनाले मतदान गरेका थिए ।

समाचार वर्गहरू