काठमाडौं – सर्वोच्च अदालतले अदालतको अवहेलनाको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई सर्वोच्च अदालतमा हाजिर हुने आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बिहिबार ओलीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
डा. शर्माको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, शुशिला कार्की र कल्याण श्रेष्ठविरुद्धको तथा पूर्वसभामुख दमननाथ ढुङ्गानासमेतलाई अदालतमा हाजिर हुन आदेश दिएको हाे ।
अदालतमा भएको सुनुवाइ र त्यसमा संलग्न वरिष्ठ अभिवक्तको विषयमा गरेको टिप्पणीले अदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।