काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीले प्रधानमन्त्री कार्कीलाई बालुवाटार पुगेर भेट गरेका हुन् ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार ओली ११ बजे बालुवाटार पुगेका थिए । चुनावलाई केन्द्र राखेर तीन घण्टाभन्दा धेरै प्रधानमन्त्री कार्की र ओलीबीच छलफल भएको उनले बताए । प्रधानमन्त्री र ओलीबीच एक्ला एक्लै बसेर कुराकानी भएको उनले बताए ।
प्रधानमन्त्री कार्कीले सरकारले तोकिएकै समयमा निर्वाचन गराउने भन्दै सहयोगका लागि ओलीलाई आग्रह गरेकी थिइन् ।
जवाफमा ओलीले एमाले ध्वंश गर्ने पार्टी नभएको भन्दै चुनावमा भाग लिने बताएका थिए । ओलीको भनाइ उद्धृत गर्दै रावलले भने, ‘एमाले चुनावमा भाग लिन्छ, ध्वंश गर्ने पार्टी होइन । तर सरकारले त्यसको वातावरण बनाउनुपर्छ ।’