प्रधानमन्त्री बालेन साहले सांसदहरूसँग गर्ने भनेको छलफल श्रम संस्कृति पार्टाीद्वारा बहिष्कार

52

काठमाडौं । प्रधानमन्त्री बालेन साहले सुरु गरेको सांसदहरूसँग छलफल कार्याक्रमलाई श्रम संस्कृति पार्टीले बहिष्कार गरेको छ । प्रधानमन्त्री साहले प्रदेशगत रूपमा सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल गरिरहेका छन् ।

सो छलफलमा आज (सोमबार) कोशी र सुदूरपश्चिमका सांसद सहभागी रहेका छन् । प्रधानमन्त्रीले जिल्लामा तत्काल समस्याका विषय र समाधानको उपायबारे सुझाव मागेको सहभागी एक सांसदले जानकारी दिए ।

तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको छ । प्रधानमन्त्रीले बोलाएको छलफलमा आफूहरू नगएको श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बताए । संसद बैठकमा हुनुपर्ने बहस कोठामा सीमित गर्न खोजिएको भन्दै उनले आफूहरूले बहिष्कार गरेको बताए ।

अध्यक्ष साम्पाङले पनि आफूहरू कोठे बैठकमा सहभागी नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नु पर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन ।’

समाचार वर्गहरू