प्रहरीको विदा रद्द : प्रसूती र किरिया बिदाका बाहेक अन्यलाई हाई अटलमा रहन निर्देशन

6

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आफ्ना सबै सुरक्षाकर्मीलाई कुनै पनि बिदा नलिन,सिफारिस नगर्न र बिदामा बसेकालाई समेत तत्काल बिदा रद्द गरेर कार्यालयमा हाजिर हुन निर्देशन दिएका छन् ।

हालको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मीको परिचालन व्यापक पार्न खोजिएकाले त्यस्तो निर्णय भएको बताइएको छ ।

भनिएको छ, ‘सुरक्षा व्यवस्थापनमा प्रहरी परिचालन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मको लागि प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा नछाड्न तथा सिफारिस नगर्न नगराउन हुन ।’

हाल कार्यालय प्रमुखको जिम्मेवारीमा रही बिदा बसेका प्रहरी अधिकृतहरुलाई अविलम्ब कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

समाचार वर्गहरू