प्रेस सङ्गठनको भेला सम्पन्न

61

रासस/झिमरुक – प्रेस सङ्गठन नेपाल जिल्ला कमिटी प्यूठानको प्रथम जिल्ला भेला शुक्रबार सम्पन्न भएको छ । बिजुवार जुम्रीमा भएको भेलामा जिल्ला कमिटीका सदस्यले शपथ ग्रहणसमेत गरेका छन् ।

कार्यक्रमका वक्ताले प्रेस सङ्गठनका सदस्यले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल बनाउन कलम चलाउनुपर्ने बताए । सङ्घीय संरचनाअनुसार अहिले बनेका संरचनालाई दिगो र बलियो बनाउन समेत पत्रकारको भूमिका महत्वपूर्ण हुने उनीहरुको भनाइ छ । समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन अहिले प्रेसले भूमिका खेल्नुपर्ने उनीहरुको धारणा छ ।

कार्यक्रममा प्रेस सङ्गठन नेपालका सहसंयोजक गणेश बस्नेतले प्रेस सङ्गठन नेपालका सबै सदस्य तीनै तहका सरकारको गतिविधिलाई जनतामाझ पुर्याउन आग्रह गरे । उनले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले गरेका राम्रा कामलाई ओझेलमा पार्ने गरिएको भन्दै त्यसतर्फ चनाखो बन्न समेत आग्रह गरे ।

समाचार वर्गहरू