फिनल्याण्डका उद्योगीलाई नेपालमा लगानी गर्न सरकारको आग्रह

16

(काठमाडाैं) – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायका बैकुण्ठ अर्यालले फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्स, मिनिस्ट्रि अफ फरेन अफेयर्स अफ फिनल्याण्ड र फिनपार्टनरशीपको संयुक्त आयोजनामा “डुईङ विजनेश विथ फिनल्याण्ड” विषयक गोष्ठीमा प्रमुख अतिथिको आसनबाट उनले यस्तो आग्रह गरेका हुन् ।

सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन नेपालले फिनल्याण्डसँग व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । निजी क्षेत्र तथा नेपाल भ्रमणमा रहेका फिनल्याण्डका व्यवसायीहरुको समस्यामा समाधन गरी अनुकूल वातावरण बनाउन तयार रहेको उनले बताए ।

सो अवसरमा नेपलका लागि फिनल्याण्डका महामहिम राजदूत पेर्र्टी एन्टिननले चेम्बर सँगको सहकार्यमा दोश्रो पटक यस किसिमको व्यापारिक प्रतिनिधि मण्डलको भेटघाटले यूरोपियन समुदायले प्रदान गरेको एभ्रिथिङ्ग वट आर्म (ईवीए) को सुविधा प्राप्त गर्न सहज हुने बताए ।

कार्यक्रममा फिन पार्टनरशीपका कार्यक्रम निर्देशक बिग्रिट नेभ्लाले दीगो विकास, खाद्य सुरक्षा, सरकारी शिक्षा, सूचना प्रविधि र सञ्चार (आईसीटी) कन्टेनर विञ्डिङ आदिमा नेपाललाई सहयोग र व्यवशाय गर्न सकिने बताए ।

नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाल र फिनल्याण्ड बीच व्यापार र लगानीको संख्या ज्यादै न्यून रहेको बताउँदै कृषि, इलेक्ट्रोनिक्स, वनजन्य र पर्यटन प्रवद्र्धनमा उल्लेख्य विकास गर्न सकिने बताए ।

पर्वतारोहीहरु नेपालका राजदूत हुने हुँदा फिनल्याण्डमा प्रथम पर्वतारोही भिक्का गुसटाफसन को स्मरण गर्दै सन् २०२० मा नेपाल भ्रमण वर्षको अवसरमा नेपालमा फिनल्याण्डबाट उल्लेख्य पर्यटक भित्रिन सक्ने सम्भावना रहेको बताए ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निर्देशक राजेन्द्र सिंहले नर्डिक मुलुकहरुमा पनि फिनल्याण्डसँग नेपलको निकासी बढाउने सम्भावनालाई मूर्त रुप दिन परम्परागत वस्तु भन्दा नयाँ वस्तु एंव सेवा निर्यातको पहिचान केन्द्रले गरिरहेको बताए ।

सन् २०१८ मा नेपालको फिनल्याण्डसँगको व्यापार घाटा १७ करोड ९० लाख अमेरिकी डलर बराबर रहेको छ । जसमा आयात १९ करोड ८० लाख अमेरिकी डलर र निर्यात केवल ९ लाख अमेरिकी डलर मात्र रहेको व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रले जनाएको छ ।

समाचार वर्गहरू