फेसबुकको भित्ताबाट बाहिर आएर टुँडिखेलमा बहस गर्न नेताहरूलाई कांग्रेसका सहमहामन्त्री उदयको चुनौती

7

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबराले राजनीतिक दलहरूले प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन् । ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राणाले यस्तो बताएका हुन् ।

उनले फेसबुक र ट्विटरको भित्तामा मात्र सिमित नभई सार्वजनिक स्थल (टुँडिखेल) मा आएर पार्टीको नीति, अर्थतन्त्र, परराष्ट्र, कृषि, पर्यटन र जलस्रोतका विषयमा बहस गर्न अन्य नेताहरूलाई चुनौती दिए । राणाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रति लक्षित गर्दै उनीहरू नयाँ नभई पुरानै अनुहार भएको दाबी गरे ।

रास्वपा दुई पटक सरकारमा गइसकेको र उनीहरूका सभापति दुई पटक गृहमन्त्री बनिसकेको बताए । उनीहरू कसरी नयाँ भए रु उनको प्रश्न छ । उनले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका कानुनी मुद्दाहरूको उल्लेख गर्दै विवादित नेतृत्वले परिवर्तन ल्याउन नसक्ने ठोकुवा गरे ।

उनले भने, ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार छु भन्नुभयो, तर अहिलेका युवा उम्मेदवारहरूले यसलाई किन स्वीकार गरिरहेका छैनन् ? फेसबुकबाट मात्र देश चल्दैन, जनताको नजिक आएर आफ्ना नीतिहरू भन्नुपर्छ ।’

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका जबराले आगामी निर्वाचनमा कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको घोषणा गर्दै उनकै नाममा भोट माग्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।

यो चुनाव जितेन्द्र श्रेष्ठ वा उदय शमशेरको मात्र नभई गगन थापालाई प्रधानमन्त्री बनाउने र देशमा परिवर्तन ल्याउने चुनाव भएको उनको भनाइ छ । कांग्रेसले गगन थापालाई प्रधानमन्त्री घोषणा गरेर अघि बढेको उल्लेख गर्दै उनले अबका सरकार गगनका सरकार भनेर भोट माग्न आग्रह गरे ।

जेनजी आन्दोलनपछि कांग्रेसले आफूलाई बदलेको दाबी गर्दै राणाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तनको चर्चा गरे । उनले कांग्रेस अब सबैभन्दा पुरानो मात्र नभई सबैभन्दा नयाँ र नवीन पार्टी बनेको बताए।

समाचार वर्गहरू