बालकुमारी घटना, गोली हान्न आदेश दिने सीडीओ, छानबिन गर्ने सहायक सीडीओ

27

काठमाडौं – बालकुमारीमा शुक्रबार भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले समिति बनाएको छ। गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो।

सोहि समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन्।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा नै आन्दोलनमा गोली चलाइएको थियो। सरोकारवाला पक्षले यस घटनामा प्रजिअको गलत आदेश भएको भन्दै विरोध गरेका छन्।

घटनाको छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी राखिएपछि झनै शंकास्पद देखिएको छ। गोली हान्न लगाउने प्रमुख जिल्ला अधिकारी तथा छानबिन समितिमा सहायक प्रमुख जिल्ला अधिकारी भएपछि निष्पक्ष छानबिन हुनेमा शंका व्यक्त गरिएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू