बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने

13

 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, उनले ४ गते मेयर पदबाट राजीनामा दिनेछन् । त्यसपछि उनी भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका छ ।

लगत्तै,मधेश लगायतका देशका विभिन्न ठाउँमा बालेनले आफ्नो सक्रियता बढाएको उनी निकटस्थहरूले बताएका छन् ।

समाचार वर्गहरू