बुन्डेस लिगा आजबाट सुरु हुने, ६ खेल हुँदै

55

(काठमाडौं) – कोरोना भाईरसका कारण गत मार्चबाट स्थगित जर्मन बुन्डेस लिगा शनिबारबाट सुरु हुँदै छ । शनिबार सुरु हुने लिग मे ३१ सम्मको खेल तालिका सार्वजनिक भएको हो । पहिलो दिन विभिन्न ६ वटा खेलहरु हुनेछन् ।

लिग अन्तर्गत पहिलो खेलमा दोश्रो स्थानको बरुसिया डर्टमण्डले छैठौं स्थानमा रहेको एफ सी साल्केसँग घरेलु मैदान सिग्नल ईडुना पार्कमा प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजे सुरु हुनेछ । सबै खेल दर्शक विना बन्द रंगाशालामा हुनेछ ।

अन्य विभिन्न ५ खेलमा ७ औं स्थानको भीएफएल वल्र्सवर्ग र १४ औं स्थानको एफसी अक्सवर्गबीच प्रतिस्पर्धा हुँदैछ । बुण्डेस लिगाको पुछारमा रहको एससी पेडरबर्न र १६ औं स्थानको फर्चुना डुसलडर्प पनि आजै आमने सामने हुँदैछन् । अर्को खेलमा तेस्रो स्थानको आरवी लिप्पजिगले आठौं स्थानको एससी फ्रेइवर्गलाई प्रतिद्धन्दी पाएको छ ।

डर्टमण्डको २५ खेलमा ५१ अंक रहेको छ । वायर्नको ५५ अंक रहेको छ । ३७ अंक जोडेको शाल्के छैटौं स्थानमा रहेको छ । सोही समय अग्स्बर्ग र वुल्फवर्ग, फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्न, होफेनहाइम र हेर्था बर्लीन तथा आरबी लिपजिग र फ्रेईबर्गले प्रतिस्पर्धा गर्नेछन् । दिनको अन्तिम खेलमा राति सवाँ १० बजे फ्रान्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाच बीच प्रतिस्पर्धा हुनेछ ।

समाचार वर्गहरू