भारत र चीनमा टेलिकमको रोमिङ सेवा

19

काठमाडौं – नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ । विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसंगको सहकार्यमा टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले विज्ञप्ति जारी गर्दै भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ जानकारी गराएको हो । हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा भाद्र २० देखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो । अब उप्रान्त नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

मिति २०७६ भाद्र १९ सम्म अन्तर्रार्िष्ट्रय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकहरुलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध विज्ञप्तिमा उल्लेख छ । उक्त मिति पश्चात् अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ । जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले हाललाई डाटा रोमिङ सेवा छिमेकी मित्रराष्ट्र भारतमा प्रयोग गर्न सक्नेछन् । आगामी दिनमा यो सेवााई अन्य देशहरुमा पनि विस्तार गर्दै जाने योजना रहेको टेलिकमले जनाएको छ्र ।

समाचार वर्गहरू