भारत सँग अविलम्ब उच्चस्तरीय संवाद गर्न देउवाको सुझाव

57

(काठमाडौं) – कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कालपानीमा भारतले अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन सरकारलाई उच्चस्तरीय राजनीति र कुटनीतिक संवाद थाल्न सुझाव दिएका छन् ।

सीमा समस्याका बिषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बोलाएको सर्वदलीय बैठकमा देउवाले भारतीय सेना रहेको कालापानीलगायतका भूमिबाट फिर्ता हुनुपर्ने पनि बताए । ‘सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ,’बैठकमा उनले भने । उनले त्यसका लागि कांग्रेसको पूर्ण साथ सरकारलाई रहने पनि बताए ।

बैठकमा देउवाले सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी कायम गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मूल आधार रहेको बताएका छन् ।

देउवाले सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको उल्लेख गर्दै त्यही सहमतिको परिणाममा आज लिपुलेक सडक निर्माण सम्पन्न भएको उल्लेख गरेका छन् । उनले यसबारे दुवै देशसँग संवाद गर्नुपर्ने पनि बैठकमा बताए ।

नेपालका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग राशीको अमेरिकी सरकारसँग अघिल्लो सरकारले गरेको सम्झौता, एमसीसीलाई सरकारले अगाडि बढाउनु देउवाको आग्रह थियो ।

समाचार वर्गहरू