काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एसपीपी र एमसीसी सम्झौताले अमेरिकी सेना आउने अनावश्यक हल्ला गरेर जान नहुने बताए ।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले भने ‘एसपीपी र एमसीसी सम्झौताले अमेरिकी सेना आउने होइन, त्यो हल्ला र संशय हो, अमेरिका आउन सम्झौता गर्नुपर्दैन । विश्वका धेरै उदाहरण देखिएको छ।’
‘भित्रभित्र सहमति जनाएर हस्ताक्षर गर्ने बाहिर क्रान्तिकारी बनेर विरोध गर्ने दोहोरा चरित्रले समस्या पारेको छ, यसले अर्थमा मात्रै होइन कूटनीतिक रुपमा समेत समस्या पार्दछ,’ उनले भने ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले अर्थराजनीतिक कनेक्सन नहुँदा र दलका नेताहरुले आर्थिकक विषयमा गम्भीर चासो नदिँदा समस्या बढेको जनाए । ‘जनप्रतिनिधि आधारभूत अर्थतन्त्रका विषयमा जानकार नहुँदा धेरै समस्या परेको छ, स्रोतबिना जनप्रतिनिधिले योजना बाँड्दा कार्यान्वयनमै संकट आएको हो । सबै मिलेर सुधार गर्नुपर्नेछ,’ उनले भने ।