भ्रमणको उपलब्धी बारे ओलीले भने – म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन

118
तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आज स्वदेश फर्किए।

उनी फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भ्रमणबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको पत्रकार सम्मेलनमा ओलीलाई पत्रकारले सोधे- संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिताबाट के फाइदा भयो ?

जवाफमामा प्रधानमन्त्री ओलीले भने- म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन। त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो, राखियो।’

त्यसपछि भने अली नरम शैलीमा बोलेका ओलीले नेपालको समस्या नेपालको मात्र नभई विश्वव्यापी भएको विषयमा आफूले जानकारी गराएको पनि बताए।

प्रधानमन्त्रीको १० दिने अमेरिका भ्रमणका क्रममा अमेरिकाका राष्ट्रपतिका साथै अन्य मुलुकका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरूसँग पनि भेटवार्ता र नेपालको चासो र सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भ्रमबारे जानकारी गराएका थिए। त्यसक्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता र उपस्थिति उपलब्धिमूलक रहेको बताइएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए।

समाचार वर्गहरू