मंगलबार चक्रपथभित्र जोर नम्बर प्लेटका सवारी मात्र चलाउन पाइने

20

काठमाडौं – काठमाडौंको चक्रपथभित्र मंगलबार (भोलि) जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने भएको छ । नेपालमा भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)लाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि विजोर नम्बर प्लेटका सवारी साधन नचलाउन आग्रह गरेको छ ।

सागको समापन भोलि हुँदै छ । चक्रपथ र चक्रपथ बाहिर भने बिजोर नम्बरका सवारी साधन चलाउन पाइनेछ । तर सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीका सवारी साधनमा भने जोर–बिजोर प्रणाली लागु हुनेछैन ।

कार्यक्रम अवधिभर ठुला तथा मालवाहक सवारी साधनलाई चक्रपथ भित्र प्रवेशमा रोक लगाइने महाशाखाले जनाएको छ ।

समाचार वर्गहरू