मच्छिन्द्र क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा

38

(काठमाडौं) – मच्छिन्द्र क्लब कतार एयरवेज ए डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा जाउलाखेल युथ क्लबलाई हराउँदै मच्छिन्द्र लिगको शीर्ष स्थानमा उक्लेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले जाउलाखेललाई १–० गोलले पराजित गर्यो । मच्छिन्द्रका लागि विशाल राईले गरेको गोल निर्णायक बन्यो । राईले खेलको ३१ औँ मिनेटमा मच्छिन्द्रका लागि गोल गरेका थिए । जारी लिगमा ६ खेल खेलेको मच्छिन्द्रले १३ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

शनिबार नै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दीले हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको छ । खेलको ७३ औँ मिनेटमा हिमालयनका स्टेफेन समीरलाई फल गरेपछि मनाङका सुरज विकले रातो कार्ड पाए ।

लिगमा मनाङ १२ अंकका साथ दोस्रो स्थानमा छ । हिमालयनसँग गोलरहित बराबरी खेल्दा मनाङ शीर्ष स्थानमा उक्लिन असफल भएको छ । मनाङले बराबरी खेल्दा त्यसको ठूलो फाइदा मच्छिन्द्रलाई पुगेको छ ।

समाचार वर्गहरू