मत-मतान्तर ! – भवनाथ आचार्य

20

नेपाली कांग्रेस अहिले विशेष महाधिवेशनको माहोलमा छ । कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुको आव्हानमा र सहभागीतामा हिजो पुस २७ गते काठमाडौंमा एउटा बिशाल सभाबिच कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेको विशेष महाधिवेशनको आज बन्दसत्र हुँदैछ । यो बन्दसत्रले के निर्णय लिन्छ भन्ने जिज्ञासा त आम कांग्रेस र अरु राजनीतिमा रुचि राख्नेहरुको चासोको बिषय रह्यो नै सँगै यसले केही महत्त्वपूर्ण प्रश्न भने अवश्य सिर्जना गरेकै छ ।

कांग्रेसका केन्द्रिय नेतृत्वले यो विषम परिस्थितिमा समयानुकूल नियमित वा विशेष महाधिवेशन गर्न नसकेपछि पार्टीका बहुसंख्यक महाधिवेशन प्रतिनिधि हरुले बिधानसम्मत बोलाएको विशेष महाधिवेशनम पार्टीका दुई महामन्त्री लगायत केहि नेतृत्व पाहुना बनेर सहभागी हुँदा केन्द्रिय सभापति लगायत अन्य पदाधिकारी सहभागी हुन नहुने हो ? जसले उनिहरुलाई चैधौं महाधिवेशन मार्फत आफू तल भुइँमा बसेर माथी सोफामा बस्ने जिम्मेवारी दिएका हुन ।

कांग्रेसको बिधि बिधान प्रक्रियामै रहेको भनिएको यो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैगर्दा यसको कानुनी वैधानिकता र मुखैमा आएको संसदीय निर्वाचन लगायतका बिषयमा पर्ने असरका बिषयमा रहेको अन्योलताका बारेमा प्रष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने होईन ?

महाधिवेशनमा सहभागी महामन्त्रीले पार्टी फुट्ने अवस्था आए मैदान छोडेर जाने देखि बीष पिउने सम्मका अभिव्यक्ति दिँदैगर्दा संख्याको दम्भमा भिडले लिने निर्णय अप्रीय पनि हुनसक्छन् भन्नेमा त पक्कै सचेत होलान् ।

काँग्रेसले लिने निर्णय केवल काँग्रेस समर्थक वा सुभेच्छुकसँग मात्रै सम्त्रन्ध राख्दैन । यसले समग्र मुलुकको राजनितीमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले यसको निति नेतृत्वका बारेमा चासो चिन्ता राख्नु स्वभाविक देखिन्छ । तर परिवर्तित समयको माग अनुसार नेतृत्वले आफुलाई पनि रुपान्तरण गर्न नसक्दा भदौ २३-२४ को जेन्जी आन्दोलन हुँदै आज यो अवस्था सिर्जना भएको सर्विधितै छ ।

अहिलेको परिस्थितिमा कसको जित कसको हार वा बिजय पराजय भन्दापनी बिगतमा मुलुकलाई अफ्ट्यारो पर्दा सधैं अभिभाकिय भुमिकामा रहेर नेतृत्व गरेको पार्टीको त्यो बिरासत कायम राख्दै यो महाधिवेशन मार्फत प्राप्त पुरानो नेतृत्व र नितिले कांग्रेस अघि बढ्न सक्दैन भन्ने स्पस्ट सन्देशलाई आत्मसात गर्दै त्यसकै बलमा समय सापेक्ष परिवर्तित रुपान्तरित नवीन कांग्रेस लिएर नागरिकको भरोसा कायमै राख्न हरसम्भव प्रयत्न गर्नुपर्ने आजको आवस्यकता हो ।

समाचार वर्गहरू