महाधिवेशन प्रतिनिधि हारेपछी एमाले नेताले छोडे पार्टी

163

काठमाडौं – नेकपा (एमाले) बैतडीका एक जनप्रतिनिधिले पार्टी छाडेका छन् ।

महाधिवेशन प्रतिनिधि छनोट प्रकियामा धोकाधडी भएको भन्दैपञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले एमाले परित्यागको घोषणा गरेका हुन् ।

व्यक्तिको ‘झोले’ बन्न नसक्दा आफूविरुद्ध षड्यन्त्र गरिएको चन्दको अनुभव छ । ‘कि त जोत हलो, कि त छोड हलो भन्ने नारा आजभन्दा सयौँ वर्ष पहिले भीम दत्त पन्तले चलाएका थिए’, उनले भनेका छन्, ‘अहिले त्यसको ठीक विपरित कि त बन झोले, कि त छैन भलाे भन्ने नारा पार्टीभित्र लागू गरियो ।’

पूर्व प्राध्यापक समेत रहेका चन्दले हालसम्मको एमालेको राजनीतिमा सहयोग गर्ने साथीलाई धन्यवाद पनि दिएका छन । ‘अब उप्रान्त यो पार्टीमा रहेर कामकाज गर्ने अवस्था रहेन’, उनले भनेका छन् ।

कुनै बेला भीम रावल निकट मानिने र अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुलेका चन्दले महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दर्ता गराएका थिए ।

समाचार वर्गहरू