‘महिलाको सम्मान नै आत्मनिर्भरताको आधार’ – राष्ट्रपति पौडेल

110

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको सम्मान नै आत्मनिर्भरताको आधार रहेको बताएका छन् ।

सातौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले महिलाको हक अधिकार सुनिश्चित गर्न भएका प्रयासको स्मरण गर्दै २०६३ जेठ १६ गते तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा विशेष प्रस्ताव पारित गरेको स्मरणमा राष्ट्रिय महिला अधिकार दिवस मनाउन थाल्नु सुखद रहेको बताएका हुन् ।

शुभकामना सन्देशमा उनले महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गरी लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन राज्यका साथै सबै नागरिकको सामूहिक प्रयास हुनु जरुरी रहेको बताए ।

समाचार वर्गहरू