माओवादीले जेठ २ देखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने

178

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले आउँदो जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान शुरू गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो बसेको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानको समीक्षा गर्दै मध्य पहाडी लोकमार्ग अभियान शुरू गर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

तराई–मधेश जागरण अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको बैठकको निष्कर्ष छ । अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको पनि माओवादीले जनाएको छ ।

त्यस्तै उक्त अभियानमा सहभागी हुनेहरुलाई पनि धन्यवाद ज्ञापन गर्दै प्रस्ताव बैठकले पारित गरेको छ।

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको समेत उल्लेख गरिएको छ।

समाचार वर्गहरू