मालपोत कार्यालय बाराका नासु सहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

19

(काठमाडौं) – मालपोत कार्यालय बारामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ता, उनका परिवारका ३ सहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । करीब १५ करोड रुपैयाँ विगो मागदाबी गदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

लपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत गुप्ताले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै आयोगमा उजुरी परेको थियो । गैरकानूनी रुपमा आर्जित सम्पत्ति मदन प्रसादले श्रीमती रीतादेवी, छोरा विक्की र रकी तथा आफन्तहरु कविता कुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुलीप्रसाद र जगतनारायण यादवको नाममा राखेको तथा विभिन्न ठाउँमा लगानी गरेको पाइएको आयोगले जनाएको छ ।

उनीहरुले १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ । नासु गुप्ता २०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई पर्सा हुँदै सिमराको मालपोत कार्यालयमा निमित्त प्रमुख बनेका थिए ।

उनले सेवा प्रवेश देखि २०७५/०७६ सम्मको अवधिमा पारिश्रमिक, बचत, आय, घर जग्गा बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लगायतमा गरेको अनुसन्धानबाट १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ भ्रष्टाचार भएको पाईएको अख्तियारको निष्कर्ष छ ।

समाचार वर्गहरू