मूल्य, नैतिकता, ऊर्जा र लक्ष्य बचाई राखौ, चुनाब फेरि पनि आई हाल्छ

55

-नारायण गाउँले

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन जित्न पर्छ भन्ने लागेको थियो र जितून् भन्ने कामना समेत गरिएको थियो । लेखेर जति सहयोग हुन सक्थ्यो त्यो गरियो । पदको लोभ भएको भए, केही पाउने या नियुक्तीको आश भएको भए यो माहोलमा उनको पक्षमा उभिने आँट कसैले गर्दैनथ्यो । यसपाली जताततै घण्टी बज्छ भन्ने अनुमान त सबैको थियो, तर यसरी एउटा दलको दुई तिहाई जनमत आउँछ भन्ने आँकलन थिएन ।

देशको तरल अवस्था, भूराजनीति र उनकै राजनैतिक परिपक्वताका कारण उनलाई इन्डोर्स गरिएको थियो । हङ् पार्लियामेन्टको सम्भावना हुँदा सत्तामा होस् कि प्रतिपक्षमा, उनीजत्तिको परिपक्व, जुझारू र संयमित व्यक्ति संसदमा हुनु आवश्यक छ भन्ने बुझाइ थियो । यो समर्थन प्रेम या बिहेजस्तो एउटालाई यस र अरू सबैलाई नो भन्ने खालको थिएन । उनका प्रतिद्वन्द्वी अमरेश कुमारभन्दा गगन योग्य हुन् भन्ने आज पनि लाग्छ तर जनताको निर्णयभन्दा माथि अरू केही हुँदैन ।

लामो राजनैतिक जीवनमा जम्मा एकपल्ट र त्यसैमा पनि ९ महिनामात्रै मन्त्री भएका उनलाई एकपल्ट परीक्षणको मौका दिनुपर्छ भन्ने धेरैको बुझाइ थियो । रिजल्ट हेर्दा धेरैको त भन्न मिलेन, केहीको थियो । पार्टीभित्र सम्झौतावादी बनेको भए उनी कम्तिमा उपप्रधानमन्त्री र तीनचार पटक मन्त्री बन्ने थिए । मेरो पालाका युवा आइडल उनै थिए । अहिलेका धेरै नेताका प्रेरणा पनि उनै थिए । पार्टी भनेको वृद्धाश्रम जस्तै हुन्थ्यो । अहिलेको नेकपा हेर्नुस्, एमाले नै हेर्नुस् ।

उनले बिस्तारै युवा अनुहार र जोश भर्दै लगेका थिए । उनले पार्टीभित्र त्यो विद्रोह नगरेको भए आज प्रमुख प्रतिपक्षमा शायद शेर बहादुर देउबा नै हुने थिए । जेनजी विद्रोहलाई नागरिक विद्रोहका रूपमा सम्मान गर्ने पुरानो दलका मुख्य नेता उनीमात्रै थिए । यसअघिकै चुनाबमा यस्तो विद्रोह भएको भए त्यसले परिणाम ल्याउने पनि थियो । उनलाई प्रधानमन्त्री तोकेर अघिल्लो चुनाबमा गएको भए बहुमत आउने पनि थियो । तर यी सबै भए भन्ने कुरा मात्रै हुन् । यसपालि आमजनताले एउटा मन बनाई सकेको देखियो ।

आखिर यो पाँच वर्ष बालेनको मात्रै होइन, देशको पनि त हो । हामी सबैको हो ! जित्नेहरूलाई बधाई दिँदै गगनजीहरूलाई अर्को पल्टका लागि थप मिहिनेत गर्ने सल्लाह दिन चाहन्छु ! आफ्नो मूल्य, नैतिकता, ऊर्जा र लक्ष्य बचाई राख्ने हो भने चुनाबहरू फेरि पनि आइरहन्छन् !

लेखक :नारायण गाउँले
                           लेखक :नारायण गाउँले

अन्य कुनै पनि भाष्य र रणनीति फेल भयो । देशभर घण्टी बज्यो । सुनामी नै आयो । रविले सबै मिलेर आउनुस् भनेका थिए । मिलेर आएको भए धेरै ठाउँमा निकटतम प्रतिद्वन्द्वी बन्ने रहेछन् । अहिले त फरक यति छ कि निकटतम शब्दकै मानमर्दन भएको छ । जनमत ’लाउड एन्ड क्लियर’ छ । अबको पाँच वर्ष रास्वपाको हो र जनताले चाहेको प्रधानमन्त्री बालेन हुन् । यो अभूतपूर्व अवसर हो ! आमजनताको आशा र अभिमत बुझेर बालेनलाई पनि समर्थन गर्दै आएको हो ।

आज देशविदेश सबैतिर बस्ने आमनागरिक खुशीले गदगद छन् । आशावादी छन् । गल्ती गर्दा त चर्को बोल्नु आवश्यक छ । तर अरू बेला साथ दिनु, पोजिटिभिटी प्रबद्र्धन गर्नु र उचित सल्लाह दिनु पनि उत्तिकै आवश्यक छ । आखिर यो पाँच वर्ष बालेनको मात्रै होइन, देशको पनि त हो । हामी सबैको हो ! जित्नेहरूलाई बधाई दिँदै गगनजीहरूलाई अर्को पल्टका लागि थप मिहिनेत गर्ने सल्लाह दिन चाहन्छु ! आफ्नो मूल्य, नैतिकता, ऊर्जा र लक्ष्य बचाई राख्ने हो भने चुनाबहरू फेरि पनि आइरहन्छन् !

समाचार वर्गहरू