यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ

65

(ललितपुर) – ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय परिसरबाट ६ जना बिचौलिया पक्राउ परेका छन् ।

ललितपुर महागनरपालिका १३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राई सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिचौलियाको काम गरिरहेको अवस्थामा महानगरीय वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू