योजना आयोगका ४ सदस्यले दिए राजीनामा

24

काठमाडौं – राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा.आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा बुझाएका हुन् ।

हाल अमेरिकामा रहेकी अनिताले उहीँबाट राजीनामा दिएकी हुन् । बुढाथोकी, ढुंगाना र बिच्छा नोपली कांग्रेसको कोटामा नियुक्त भएका थिए । कांग्रेसका मन्त्रीहरु गठबन्धनबाट पदमुक्त भएसँगै उनीहरुले राजीनामा दिएका हुन् ।

ढुंगाना संसदको सार्वजनिक लेखासमितिका पूर्वसभापति भरत शाहकी श्रीमती हुन् । जनमत पार्टीको कोटामा आयोगमा सदस्य भएका डा. जयकान्त अध्यक्ष सीके राउतका सहोदर भाइ हु्न् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू