रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

70

काठमाडौं । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ ।

यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ ।

सोसँगै जोडेर लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन लामिछानेको तर्फबाट यसअघि नै निवेदन परेको थियो ।

लामिछानेले राजनीतिक प्रतिशोध साध्ने नियत राखी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको भन्दै अभियोग फिर्ता लिन २०८२ पुस २७, २०८२ मंसिर २३ र २०८१ पुस १६ गते महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए।

यो निर्णयसँगै चितवन जिल्ला अदालतमा भएसरह कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा पनि लामिछानेमाथि ठगी र सहकारी ठगीको अभियोग मात्रै कायम रहने निर्णयमा उल्लेख छ।

समाचार वर्गहरू