रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राख्न अदालतको अनुमति

140
फाइल फोटो

काठमाडौं – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राख्न अनुमति दिएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई आज आइतबार चौँथोपटक म्याद थपका लागि अदालत लगिएको थियो।

लामिछानेलाई हिरासतमै राखेर थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले थप २५ दिनको म्याद माग गरेको गरेको थियो। लामिछानेको म्याद थपबारेको बहस न्यायाधीश नवराज दाहालको इजलासमा भएको थियो।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई तेस्रोपटक कात्तिक २० गते अदालत पेस गरिएको थियो। कात्तिक १४ गतेदेखि लागू हुने गरी १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले म्याद पाएकोमा उक्त म्याद आज सकिएको थियो।

रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो। कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक १० दिन थपिएको हो। लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरी विरोध प्रदर्शन गरिरहेको छ।

समाचार वर्गहरू