राज्यपक्षबाटै मानवअधिकार उल्लङ्घन भयो : इन्सेक अध्यक्ष विजयराज गौतम

3

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२६ सार्वजनिक गरेको छ। बिहीवार प्रजातन्त्र दिवसको अवसर पारेर इन्सेकले सातै प्रदेशबाट एकैसाथ वर्ष पुस्तक सार्वजनिक गरेको हो।

वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले समग्रमा मानवअधिकार उल्लङ्घन र अन्य हिंसाका घटनामा वृद्धि भएको बताए। सन् २०२५ मा पारिवारिक विवादका कारण देशभर १०३ जनाको हत्या गरिएको सार्वजनिक पुस्तकममा उल्लेख छ।

त्यस्तै, दाइजको कारण १४४ जनामाथि हिंसा भएको, बाल अधिकार उल्लङ्घन तथा जादतीबाट पीडित भएकाहरुको संख्या १ हजार ३ सय ४९ जना, पेसागत आधारमा पीडित हुनेहरू ११ हजार ५ सय ३८ जना रहेको समेत पुस्तकमा अभिलेखिकरण गरिएको छ। अध्यक्ष गौतमकाअनुसार सन् २०२६ को हालसम्म ११ हजार ५ सय ३८ वटा मानव अधिकार उल्लङ्घानका घटनाहरु भएका छन्। उनले राज्य पक्षबाटै मानवअधिकार उल्लंघन भएको दावी गरे।

समाचार वर्गहरू