राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय

38
फाइल फोटो

काठमाडौं – सरकारले निश्चित मापदण्ड लागु गरेर आन्तरिक हवाई उडान खोलेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्याको ५० प्रतिशत मात्र हुने गरि नियमित आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको हो ।

भारत, टर्की, चीन र कतारबाहेक अन्य ७ देशमा पनि उडान संख्या सिमित गरि नियमित अन्तर्राष्ट्रिय हवाई उडान खोलिएको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सातामा दोहासँग ४ वटा, इस्तानबुलसँग दुईवटा, दुबईसँग चार वटा, साउदी अरबको दमामसँग दुई वटा, ओमनको मस्कटमा एउटा, मलेसियाको क्वालालाम्पुरमा चार वटा, कुवेतको कुवेत सिटीसँग दुई वटा, दक्षिण कोरियाको सिओल र जापानको टोकियोसँग एक एक वटा तथा चीनको छेन्दु र ग्वान्जावमा चारवटा नियमित उडान हुने छ ।

नेपालमा बैशाख १८ देखि आन्तरिक र बैशाख २३ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाइएको थियो।

समाचार वर्गहरू